मकवानपुर

हेटौंडामा आरजु राणालाई कालो झन्डा देखाउन खोज्ने युवक पक्राउ

Banner

काठमाडौं, वैशाख २८-

हेटौंडामा नेपाली कांग्रेसकी सांसद आरजु राणालाई कालो झन्डा देखाउन खोजेको आरोपमा प्रहरीले एक युवकलाई नियन्त्रणमा लिएको छ।

बिहीबार दिउँसो १ बजेतिर एक जना पुरूषलाई हेटौंडाबाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी टेकबहादुर कार्कीले जानकारी दिए। पक्राउ पर्नेमा हेटौंडाकै कृष्णराज कोइराला छन्।

हेटौंडामा आयोजित कार्यक्रममा सहभागी हुन राणा पुगेकी थिइन्। उनी हेटौंडा आउने जानकारी पाएपछि ती पुरूषले सामाजिक सञ्जालमा राणालाई बहिष्कार गर्नुपर्ने लेखेका थिए।

उक्त अभिव्यक्तिपछि प्रहरीले उनलाई कार्यक्रमस्थल बाहिरबाट नियन्त्रणमा लिएको हो। उनले कालो झन्डा देखाउनसमेत खोजेका थिए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>