चितवन विशेष

चितवनको रत्ननगरमा मनाइयो रेडक्रसका जन्मदाता जाँ हेनरी ड्युनाको जन्मजयन्ती

Banner

चितवन, वैशाख २६-

रत्नननगरको निपनीमा रहेको लाइसियम इन्टरनेशनल मोडल स्कुलले अन्तराष्ट्रिय रेडक्रस दिवसको अवसरमा सोमबार सचेतनामूलक कार्यक्रम गरेर रेडक्रसका जम्मदाता जाँ हेनरी ड्युनाको जन्मदिन मनाएको छ ।

विद्यालय परिसरमा लाइसियम जुनियर रेडक्रस सर्कलद्वारा विभिन्न जातका फूलहरु रोपेर रेडक्रसका जन्मदाता जाँ हेनरी ड्यूनाको तस्विरमा माल्यार्पण गरी जन्मदिन मनाइएको हो ।

कार्यक्रममा विद्यालयका प्रबन्ध निर्देशक सन्तोष पन्तले जाँ हेनरी ड्युनाको जीवनीसहित रेडक्रसको भूमिकाका सम्बन्धमा उल्लेख गर्दै कसरी आकस्मिक विपदबाट जोगिने र विपद आइलागेमा के कसरी सुरक्षित हुन र बनाउन सकिन्छ भन्ने सम्बन्धमा जानकारी गराएका थिए । यस्ता कार्यक्रमबाट सिकेको ज्ञान र सीपलाई सबैले घर घरमा पु¥याई सुरक्षित समाजको निर्माण गर्न सहयोग पुग्ने विश्वास रहेको उनले जानकारी गराए ।
उक्त कार्यक्रममा प्रशिक्षकको भूमिकामा रहेका मृगकुञ्ज सामुदायिक वन तथा रत्नप्रिय युवा क्लबका अध्यक्ष बसन्त रानाले रत्ननगर नगरपालिकाको सहयोगमा प्राप्त भएका उद्धारका समयमा प्रयोग हुने हेल्मेट, लाइफ ज्याकेट, ट्युब, स्ट्रेचर, डोरीलगायतको प्रयोग विधिका सम्बन्धमा उपस्थित शिक्षक तथा विद्यार्थीहरुलाई व्यवहारिक अभ्यास गराउनुका साथै भान्छा कोठामा हुन सक्ने सम्भावित जोखिमहरु र सुरक्षा सजगताका समबन्धमा जानकारी गराएका थिए । भान्छामा प्रयोग हुने ग्यासका कारण हुन सक्ने सम्भावित आगलागी र आगलागी भएमा कसरी सावधानीपूर्वक आगो निभाउन सकिन्छ भन्ने सम्बन्धमा शिक्षक तथा विद्यार्थीहरुलाई व्यवहारिक अभ्यास गराउनुका साथै अन्य कुनै स्थानमा आगलागी भएमा फायर एक्सटिङ्गुइसरको प्रयोग गर्ने सम्बन्धमा समेत अभ्यास गराएका थिए । रत्ननगरका वातावरणप्रेमी तथा समाजसेवी ज्ञानेन्द्रराज पाण्डेले समेत सहजीकरण गरेको सो कार्यक्रममा आगो निभाउने लगायत विपद् उद्धारका कार्यहरुबारे जान्न र प्रयोग गर्न पाएकोमा शिक्षक तथा कर्मचारीहरु खुसी देखिन्थे भने कार्यक्रमको अन्तमा धन्यवाद ज्ञापन गर्दै विद्यालयका प्रबन्ध निर्देशक सन्तोष पन्तले आगामी दिनमा समेत सुरक्षा र सजगतासम्बन्धी विभिन्न कार्यक्रमहरु सञ्चालन गरी शिक्षक विद्यार्थीहरुलाई सुसूचित गराउने प्रतिबद्धता व्यक्त गरे ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>