चितवन विशेष

फोहोर व्यवस्थापनमा चितवनको रत्ननगर नगरपालिकालाई उत्कृष्ट पुरस्कार

Banner

चितवन, बैशाख ४-

देशभरका पालिकालाई फोहोर व्यवस्थापन चुनौती बनिरहेका बेला चितवनको रत्ननगर नगरपालिकाले नमूना फोहोर व्यवस्थापन गरेर उदाहरणीय काम गरेको छ । यही कामले देशभरका ७५३ पालिकालाई उछिनेर नगरपालिकाले उत्कृष्ट पुरस्कार हात पारेको छ । नेपाल नगरपालिका संघले शहरी सरसफाइ परियोजनाअन्तर्गत दिसाजन्य लेदो व्यवस्थापनसम्बन्धी नीतिगत पैरवी कार्यक्रम ‘युनाइटेड सिटिज् लोकल गर्भर्मेन्ट एसिया प्यासेफिकसँगको सहकार्य तथा वातावरण तथा जनस्वास्थ्य संस्थाको प्राविधिक सहयोगमा सञ्चालन गर्दै आइरहेको छ ।

कार्यक्रम प्रभावकारी भएपछि रत्ननगरले ५ हजार डलर राशिको पुरस्कार प्राप्त गरेको हो । युनाइटेड सिटिज् लोकल गर्भर्मेन्ट (युसिएलजी) एसिया प्यासेफिक विल गेट्स एण्ड मेलिन्डा गेट्स फाउन्डेसनद्वारा सञ्चालित अन्तर्राष्ट्रिय संस्था हो । वातावरण संरक्षण तथा सरसफाइका क्षेत्रमा यसले काम गर्दै आएको छ ।

नगरपालिकाका इन्जिनियर पंकज गिरीका अनुसार जनप्रतिनिधि आउनुपूर्व नगरपालिकाले फोहोरमैला व्यवस्थापनमा १ करोडदेखि १ करोड २५ लाखसम्म वार्षिक खर्च गर्ने गरेको थियो । ट्रयाक्टर, मजदुर, ल्याण्डफिल्ड व्यवस्थापनमा खर्च हुँदै आएको थियो । जनप्रतिनिधि आएसँगै फोहोरको व्यवस्थापनका लागि निजी क्षेत्रसँग सहकार्य गरेर फोहोर व्यवस्थापन हुँदै आएको छ । यसका कारण हाल नगरपालिकालाई वार्षिक ४२ लाख रुपैयाँ आम्दानी हुने गरेको छ ।

अघिल्लो जनप्रतिनिधि रहँदा यो आम्दानी वार्षिक १० लाख मात्रै थियो । उनका अनुसार नगरपालिकाले फोहोर निजी क्षेत्रलाई उठाउन मात्रै लगाएको छैन, फोहोर न्यूनीकरणका लागि जनचेतनासमेत जगाउँदै आएको छ । वडा अध्यक्षको संयोजकत्वमा बजार व्यवस्थापन समिति गठन गरेर नगरवासीलाई प्लाष्टिकजन्य फोहोर न्यूनीकरण गर्दै वातावरणमैत्री अभियान सञ्चालन गरेको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>