खेलकुद

भरतपुरमा भएको भेट्रान कप भलिबलको उपाधि पाखुरी चोकलाई

Banner

चितवन, फागुन २३-

भरतपुरको पाखुरी चोकले भेट्रान कप भलिबलको उपाधि जितेको छ ।

होलीको अवसरमा भरतपुर–१३ को हिमाल युवा क्लबले गरेको टोलस्तरीय भेट्रान भलिबल प्रतियोगिताको उपाधि पाखुरीचोक टोल विकास संस्था (क)ले जितेको हो ।

क्लबको कार्यक्षेत्र रहेको भरतपुर–१३ का टोल विकास संस्थाहरुबाट सहभागी ११ टिमलाई पछि पार्दै पाखुरीचोकले उपाधि जितेको छ । हिमालय दण्डपाणि न्यौपाने माध्यामिक विद्यालय चम्पानगरको खेल मैदानमा भएको फाइनल खेलमा पाखुरीचोकले धनुुकिरण टोल विकास संस्थालाई २६–२४ र २५–२२ को सोझो सेटमा पराजित गरेको थियो ।

विजयी टिमलाई नगद २० हजारसहित शिल्ड,मेडल र प्रमाण पत्र प्रदान गरिएको क्लबका उपाध्यक्ष रवि सुवेदीले जानकारी दिए ।
यस्तै प्रतियोगिताको उप विजेता धनुकिरण टोल विकास संस्थाले १० हजार र तृतीय बाटुली पोखरी टोल विकास संस्थाले पाँच हजार सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । चौथो हँुदै प्रतियोगिताको प्रोत्सान पुरस्कार स्वरुप पाखुरीचोक टोल विकास संस्था (ख) ले नगद ३ हजार पुरस्कार प्राप्त गरेको छ । भलिबल खेलको प्रवद्र्धन गर्दै नेपाली सांस्कृति होलीको मौलिक संस्कृतिहरूको संरक्षण र संम्वद्र्धन गर्न ३५ वर्ष माथिको भेट्रान भलिबल आयोजना गरिएको क्लबका अध्यक्ष सन्जिव न्यौपानेले बताए ।

चौथो राईनोकुञ्ज भेट्रान भलिबल प्रतियोगिता –२०७९ नाम सहित सोमबार पहाडी होलीको दिनबाट सुरु भएको प्रतियोगिता मंगलबार तराई होलीको दिनमा सम्पन्न भएको हो ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>