देश/प्रदेश
प्रदेश सभाबाट प्रदेश १ को नाम ‘कोसी’ स्वीकृत
०

विराटनगर, फागुन १७-
प्रदेश १ को नाम कोसी प्रदेश होस् भनी गरिएको प्रस्ताव प्रदेश सभा बैठकले स्वीकृत गरेको छ ।
अब कोसी प्रदेशको विषयमा सभामा छलफल हुनेछ । एमालेका प्रदेश सभा सदस्य राम राना मगर प्रस्तावक रहेको कोसी नामको प्रस्ताव ध्वनी मतले स्वीकृत भएको हो ।
समाजवादीका संसदीय दलका नेता राजेन्द्र राईले राखेको प्रस्तावमा राजेन्द्र राईले धारणा राखेपछि सभामुख बाबुराम गौतमले प्रस्ताव पारित गर्ने पक्ष र विपक्षमा ध्वनी मत जाहेर गर्न भनेका थिए । कोसीको प्रस्तावमा ध्वनी मत आएपछि किराँत लिम्बुवान सगरमाथा प्रदेशको नामको प्रस्ताव सभाले अस्वीकृत गरेको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>