एथलेटिक्स

तेस्रो जुनियर राष्ट्रिय एथलेटिक्स प्रतियोगिता माडीमा

Banner

चितवन, माघ २३–

नेपाल एथलेटिक्स सङ्घ तथा माडी नगरपालिकाको संयुक्त आयोजनामा तेस्रो जुनियर राष्ट्रिय एथलेटिक्स प्रतियोगिता आगामी फागुन ११ देखि १३ गतेसम्म माडीको बसन्तपुर खेलमैदानमा हुने भएको छ ।

प्रतियोगितामा सातै प्रदेशबाट एक सय ३५ महिला र पुरुष खेलाडी सहभागी हुने चितवन एथलेटिक्स सङ्घका अध्यक्ष मानबहादुर रजाली मगरले जानकारी दिए। प्रतियोगितामा एक प्रदेशबाट हरेक विधामा दुई खेलाडी सहभागी हुन पाउनेछन् ।

खेलाडीले २६ विधामा प्रतिस्पर्धा गर्ने छन् । छब्बीस स्वर्ण, २६ रजत र २६ कास्य पदकका लागि प्रतिस्पर्धा गर्ने उहाँले बताउनुभयो । प्रतियोगितमा प्रथम हुनेलाई रु पाँच हजार, द्वितीय हुनेलाई रु तीन हजार र तृतीय हुनेलाई रु दुई हजार पुरस्कार प्रदान गरिने छ ।

प्रतियोगिता विश्व एथलेटिक्सको नियममा रहेर प्रतियोगिता सञ्चालन गरिने छ । ग्रामीणस्तरमा प्रतियोगिता गरी खेलाडी उत्पादन गर्ने, खेललाई पर्यटन र विकाससँग जोड्ने लक्ष्यका साथ प्रतियोगिता आयोजना गर्न लागिएको हो ।

प्रतियोगिता सम्पन्न गर्न रु २७ लाख दुई हजार सात सय २० लाग्ने अनुमान गरिएको आयोजकले जनाएको छ । प्रतियोगितामा जुनियर राष्ट्रिय कीर्तिमानी खेलाडीलाई नगद रु सात हजारसहित सम्मान गरिने पत्रकार सम्मेलनमा जानकारी दिइयो । प्रतियोगितामा एक–एक जना उत्कृष्ट महिला पुरुष खेलाडीलाई ट्रफी तथा प्रमाणपत्र प्रदान गरिने छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>