Breaking News

भारतीय उच्चअधिकारी श्रीवास्तव काठमाडौँमा, चीनले सीमा मिचेको भन्दै मधेसवादी युवाको नाराबाजी

Banner

काठमाडौं, असोज १२

भारतीय विदेश मन्त्रालयका सहसचिव अनुराग श्रीवास्तव नेपाल आएका छन् ।

उनी तीन दिनसम्म नेपाल रहने परराष्ट्र मन्त्रालय उच्च स्रोतले बताएको छ । उनी आएकै दिन चीनले सीमा मिचेको भनेर काठमाडौँको माइतीघरमा प्रदर्शन भएको छ । श्रीवास्तव अहिले भारतीय विदेश मन्त्रालयमा रहेर नेपाल मामिला हेर्छन् । उनी नेपालमा रहदा विभिन्न कार्यक्रममा सहभागी हुनेछन् । उनको भ्रमणलाई अर्थपूर्णरुपमा हेरिएको छ । उनले नेपाल र भारतबीच हुने परियोजना अनुगमन समितिको बैठकमा भाग लिने छन ।

नेपाल बसाइका क्रममा विभिन्न राजनीतिक दलका शीर्ष नेताहरुसँग नेपाल– भारत सम्बन्धका पछिल्ला आयामहरुका बारेमा छलफल गर्नेछन् । पहिला उनी भारतीय विदेश मन्त्रालयका प्रवक्ता थिए ।

त्यसैगरी चीनले नेपाली भूमि अतिक्रमण गरेको भन्दै लोकतान्त्रिक युवा संघले माइतीघर मण्डलमा विरोध प्रदर्शन गरेका छन् । उनीहरुले प्रदर्शनीका क्रममा नेपाली भूमि मिच्न पाइदैन भन्दै नाराबाजी गरेका छन्।

हुम्लाको लिमि–लाप्चादेखि हिल्सासम्मको कतिपय भू–भाग चीनले अतिक्रमण गरेको भन्दै विरोध प्रदर्शन गरेका हुन्। महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को भातृसंगठनले विरोध प्रदर्शन गरेको हो।

सो पार्टीका युवा नेता कृष्णा सिंहले चीनले नेपाली भूमि फिर्ता नगरुन्जेल विरोध प्रदर्शन जारी राख्ने बताए । सरकारले हुम्लाको लिमिलाप्चदेखि हिल्सासम्मको सीमा अध्ययन गर्न गृहमन्त्रालयका सहसचिवको नेतृत्वमा अध्ययन समिति बनाएको थियो । अध्ययन समितिले प्रतिवेदनसमेत गृहमन्त्रीलाई दिइसकेको छ । उक्त प्रतिवेदनमा दुवै मुलुकले संयन्त्र बनाएर सीमालगायतका विषयहरुबारे छलफल गर्ने उल्लेख छ । केपी ओली नेतृत्वको यसअघिको सरकारले भने नेपाल र चीनबीच सीमा विवाद नरहेको स्पष्ट पारेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>