Breaking News

‘गुलाब’ चक्रवातको कारण चितवनमा पानी पर्‍यो, १५ असोज पछि मौसम बाहिरिने सम्भावना

Banner

चितवन, असोज १२-

चितवनमा आज झरी परेको छ ।

‘गुलाब’ नामक शक्तिशाली चक्रवातको असरले चितवनसहित देशभर वर्षा सुरु भएको मौसम विभागले जनाएको छ । यो चक्रवात सोमबारदेखि भारतको उडिसाको जमिनमा अवतरण भएको थियो । यसको अप्रत्यक्ष परिधीय असरका कारण चितवनसहित देशभर आंशिकदेखि सामान्य बदली हुने सम्भावना रहेको औँल्याइएको छ ।

यस वर्ष मनसुन औसत समयभन्दा केही दिन ढिला गरी बाहिरिने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । मनसुन बाहिरिनका लागि पश्चिमबाट पूर्वतिर हावा बहनाका साथै बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावा आउने क्रम रोकिनुपर्ने भएकाले अहिलेसम्म त्यो अवस्था नरहेकाले मनसुन औसत समयभन्दा केही ढिलो बाहिरिने सम्भावना रहेको मौसमविद् राजु प्रधानाङ्गले बताए । उनका अनुसार अब भारी वर्षाको सम्भावना भने रहेको छैन ।

यस वर्ष मनसुन गएको जेठ २८ गते नेपाल भित्रिएको थियो । यस वर्षदेखि मनसुनको अवधि परिमार्जन भएको छ । यसअघि सामान्यतया नेपालमा जुन १० मा मनसुन भित्रिने र सेप्टेम्बर २३ मा बाहिरिने गरेको थियो ।

यस वर्षदेखि जुन १३ मा मनसुन भित्रिने र अक्टोबर २ मा मनसुन बाहिरिने बताइएको छ । अहिले देशभर आंशिकदेखि सामान्य बदली रही कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ । राति देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघ गर्जन\चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>