देश/प्रदेश
चुडामणि शर्मालाई ५० लाख धरौटीमा रिहा गर्न विशेष अदालतको आदेश

काठमाडौं, असोज ११ –
विशेष अदालतले आन्तरिक राजश्व विभागका तत्कालिन महानिर्देशक चूडामणि शर्मासँग ५० लाख धरौटीमा रिहा गर्न आदेश दिएको छ ।
सोमबार विशेष अदालतका सदस्यहरु अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेयको इजलासले उनलाई ५० लाख धरौटीमा रिहा गर्ने आदेश दिएको विशेष अदालतका रजिस्ट्रार अशोक क्षेत्रीले जानकारी दिए । उनका अनुसार शर्माले धरौटी रकम बुझाउने तयारी गरेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत असार ९ गते शर्मासहित तत्कालीन आयोगका अध्यक्ष लुम्बध्वज महत र सदस्य उमेशप्रकाश ढकालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।
उनीहरूले कर फर्छ्यौट आयोग रहँदा व्यवसायीहरुलाई जथाभावी छुट दिएर राज्यकोषमा १ अर्ब ३३ लाख २० हजार ५८५ रुपैयाँ घाटा लगाएको दावी अख्तियारले गरेको थियो ।
आयोगको सदस्य हुँदा उनले विभिन्न करदाताको कर मिनाहा गर्दा बदनियतपूर्वक कर मिनाहा गरेको देखिएकाले निर्दोष हुन भन्ने नसकिने तर उनी भागीजाने वा प्रमाण नष्ट गर्न सक्नेसम्मको अवस्था पनि नदेखिएकोले धरौटी मागेको विषेश अदालतले जनाएको छ ।
हेर्नुहोस् आदेश :