चितवन विशेष
पतन्जलि योग समिति चितवनले गरेको रक्तदान कार्यक्रम सम्पन्न
०

– विनय आचार्य
चितवन, असोज ११ –
पतन्जलि योग समिति चितवनले भरतपुरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
भरतपुर महानगरपालिका ११ भोजाडमा रहेको निर्भाना रिसोर्टमा भएको रक्तदान कार्यक्रममा १६ जनाले रक्तदान गरेका छन् ।
चितवनमा रगतको अभावलाई कम गर्नको लागि रक्तदान कार्यक्रमको आयोजना गरिएको पतन्जलि योग समितिका अध्यक्ष रामप्रसाद वस्तीले बताए । उनले हरेक तीनतीन महिनामा रक्तदान कार्यक्रम गरिने बताए ।
कार्यक्रममा भरतपुर ११ का प्रतिनिधि ज्ञान बहादुर कुमाल, नयाँ किरण टोल विकास समितिका अध्यक्ष कृष्णबहादुर बोगटी, अस्मिता पाण्डे, नारायण पौडेल, रामनाथ अधिकारी लगायतको उपस्थिति रहेको थियो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>