देश/प्रदेश
बाढीका कारण हुम्लाको जलविद्युत् आयोजनामा क्षति
०

हुम्ला, असोज १०-
अविरल वर्षाका कारण आएको बाढीले हुम्लाको ऋदम् साना जलविद्युत् आयोजनामा क्षति पुगेको छ । गत शुक्रबार आएको बाढीले उक्त आयोजनाको १३० मिटर पाइपमा क्षति पुर्रयाएको हो ।
हुम्लाका प्रमुख जिल्ला अधिकारी गणेश आचार्यको नेतृत्वमा नेपाली सेना, नेपाल प्रहरी सशस्त्र प्रहरीसमेतको टोलीले उक्त बाढीग्रस्त क्षेत्रको निरीक्षण गरेको छ । निरीक्षणपछि प्रमुख जिल्ला अधिकारी आचार्यले दसैँ अगाडि आयोजनाको मर्मत गरेर विद्युत् उत्पादनको कार्य पुनःसुरु गर्ने सम्भावना नरहेको बताउनुभयो ।
हुम्लामा यतिखेर विद्युत् सेवा अवरुद्ध भएको छ । बिजुली नभएपछि यहाँका कतिपय स्थानमा सञ्चार सेवा समेत अवरुद्ध हुन पुगेको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>