देश/प्रदेश

सम्पर्कविहीन ११ जना प्रहरी , हेडक्वाटरलले गर्‍यो सूचना जारी

Banner

काठमाडौँ, असोज १०-
गत साउन महिनादेखि ११ जना सम्पर्कमा नरहेका प्रहरीलाई प्रहरी प्रधान कार्यालयले सात दिनभित्र सम्पर्कमा आउन सूचित जारी गरेको छ ।

गैरहाजिर भएकाहरुको नामावली आज (आइतबार) प्रहरी प्रधान कार्यालय नक्शालले सार्वजनिक गरेको हा।

आफूखुसी गैरहाजिर हुनेहरुमा जिल्ला प्रहरी कार्यालय बर्दिया दरबन्दी भएका प्रहरी नायव निरीक्षक चन्दरदेव जोशी लगायत छन् । कैलालीको गोदावरी घर भएका जोशी गत साउन २४ गतेदेखि सम्पर्कमा नरहेको प्रहरीले जनाएको छ ।

यसैगरी प्रहरी हबल्दारहरु हरिभक्त राई, शिवबहादुर जर्गामगर, सुमन भण्डारी, खगेन्द्र थापामगर, बिरबहादुर भण्डारी, विनोद बुढाक्षेत्री, अनिल कुमार गुरुङ, पदम बहादुर थापा श्रीस, डम्बर दियाल पनि सम्पर्कमा नरहेको प्रहरीले जनाएको छ ।
त्यस्तै सात दिनभित्र सम्पर्कमा आउन तथा तोकिएको अवधिभित्र सम्पर्कमा नआए सेवाबाट हटाउने चेतावनी समेत दिइएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>