Breaking News

इपीएलः चितवन टाइगर्स र विराटनगर वारियर्स आजको पहिलो खेलमा भिड्दै

Banner

काठमाडौँ, असोज १०–

बजाज पल्सर एभरेष्ट प्रिमियर लिग (इपीएल) अन्तरगत आज (आइतबार) दुई खेल हुँदैछन् ।

पहिलो खेलमा चितवन टाइगर्स र दोस्रो संस्करणको विजेता विराटनगर वारियर्सबीच प्रतिस्पर्धा हुँदैछ । खेल विहान ९ः३० बजेदेखि टियु क्रिकेट मैदानमा हुनेछ ।

चितवन सोमपाल कामीको कप्तानीमा उत्रिदै छ भने विराटनगर पहिलोपटक कप्तानको जिम्मेवारी पाएका करन केसीको कप्तानीमा मैदानमा उत्रिदैछ । यस खेलमा चितवनबाट अफगानिस्तानका विष्फोटक व्याट्सम्यान मोहम्मद शहजाद र करिन जन्नतको खेल हेर्न लायक हुनेछ भने विराटनगरबाट जिम्मेबाका सिकन्दर राजाको खेल हेर्न लायक हुनेछ ।

यस्तै आजको दोस्रो खेलमा भैरहवा ग्लाडियटर्स र पोखरा राइनोजबीच प्रतिस्पर्धा हुँदैछ । यी दुई बीचको खेल दिउँसो १ः३० बजेदेखि टियु मैदानमा हुनेछ । हिजोदेखि सुरु भएको इपीएलको उद्घाटन खेलमा काठमाडौँ किंग्स ११ ले विजयी सुरुवात गरेको छ । उसले साविक विजेता ललितपुर प्याट्रियट्सलाई ७ विकेटले हराएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>