Breaking News

कांग्रेस अधिवेशनः माडी नगर सभापतिमा कोमलनाथ भुषाल ३ मतले विजयी

Banner

चितवन, असोज ९–

नेपाली कांग्रेस माडी नगर कार्यसमितिको नयाँ नेतृत्व मतदान मार्फत चयनका गरिएको छ ।

शनिबार राति सम्पन्न मतगणनाबाट सभापतिमा कोमलनाथ भुषाल झिनो मतान्तरले विजयी भएका छन् । भुषालले ७४ मत प्राप्त गरे । यस्तै उनका निकटम प्रतिद्धन्द्धी खेम महतोले ७१ मत प्राप्त गरेको मतदान अधिकृत कृष्ण न्यौपानेले जानकारी दिए । शनिबार भएको मतदानमा १४८ मत खसेको थियो ।

यस्तै उपसभापतिमा गणेश पौडेल र मायानाथ अधिकारी निर्वाचित भएका छन् । त्यस्तै सह–सचिवमा इन्द्रप्रसाद चापागाई र दिक्षा भट्टराई निर्वाचित भएको मतदान अधिकृत कृष्ण न्यौपानेले जानकारी दिए ।

यस्तै नगरको सचिवमा भने कपिल अधिकारी र लोकनाथ लामिछाने सर्वसम्मत चयन भएका छन् यस्तै सदस्यहरु समेत सबै सर्वसम्मत चयन भएका छन् । माडीमा कुल १४९ जना मतदाता रहेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>