Breaking News
कांग्रेस महाधिवेशनः चितवनको राप्तीमा २२४ मत खस्यो

चितवन, असोज ९–
नेपाली कांग्रेस राप्ती नगरकार्यसमितिको नयाँ नेतृत्व चयनका लागि शनिबार मतदान भएको छ ।
पदाधिकारीका लागि भएको मतदानमा कुल २२४ मत खसेको मतदान अधिकृत शिवराज अधिकारीले नारायणी अनलाईनलाई जानकारी दिए । उनले अहिले मतगणना सुरु हुन लागेको जानकारी दिए ।
नगर सभापतिका लागि नारायण उप्रेती र देवेन्द्र लामा चुनावी मैदानमा छन् । यस्तै उपसभापतिमा अनिता खरेल, कृष्णप्रसाद पाण्डे, ध्रुवकुमार सिलवाल र मेघनाथ सेढाई चुनावी मैदानमा होमिएका छन् भने सचिवमा चुडामणि खरेल, मानकुमार चेपाङ, राजकुमार सिलवाल र लक्ष्मी कंडेल चुनावी मैदानमा उत्रिएका छन् ।
यस्तै सहसचिवमा पदमराज सेढाई, मनोज तामाङ, रुद्रकुमारी सापकोटा र तारा प्रजा निर्वाचनमा होमिएका छन् । यस्तै ६ जना नगर सदस्य भने सर्वसम्मत चयन भएको मतदान अधिकृत अधिकारीले जानकारीले दिए ।
राप्तीमा कुल २२७ जना मतदाता रहेका थिए ।