समाज

पक्राउ परेका घर्तीले भनेः राजा हुन मन लागेर श्रीपेच चोर्न खोजेको हुँ

Banner

काठमाडौं,असोज ८-

नारायणहिटी दरबार सङ्ग्रहालयमा राखिएको श्रीपेच निकाल्न खोज्ने क्रममा पक्राउ परेका खिमबहादुर घर्तीले आफूलाई राजा हुन मन लागेर श्रीपेच निकाल्न खोजेको प्रहरीसमक्ष बताएका छन्।

उनले दरबारमा बस्न मन लागेर श्रीपेच निकाल्न खोजेको बयान प्रहरीसमक्ष दिएको स्रोतले बताएको छ। उनी अहिले प्रहरी नियन्त्रणमा छन्। घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ।

शुक्रबार बिहान अवलोकन गर्न पुगेका पश्चिम रुकुम मसिकोट ११ का घर्तीले श्रीपेच राखिएको ठाउँबाट खुकुरी झिकेर सिसा फुटाउन खोजेका थिए। श्रीपेच बुलेटप्रुफ सिसाभित्र रहेकाले सुरक्षित रहेको बताइएको छ । त्यहाँ सुरक्षामा खटिएका नेपाली सेनाले उनलाई नियन्त्रणमा लिएको थियो। सिसा फुटाउँदा उनको हात समेत काटिएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>