Breaking News

त्रिशुली नदीमा कार खस्यो, एक घाइते, तीन जना बेपत्ता

Banner

चितवन, असोज ८–

चितवनको इच्छाकामना गाउँपालिका–५ नाग्दीखोलास्थित त्रिशुली नदीमा कार खसेको छ ।

काठमाडौंबाट पोखरातर्फ जाँदै गरेको ग २ च ४९१८ नम्बरको कार अनियन्त्रीत भई सडकबाट अन्दाजी ३५ मिटर तल त्रिसुली नदीमा खसेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सूर्य थापाले जानकारी दिए । घटनालगत्तै पुगेको प्रहरीले कारको खोजी गरेपछि अझैसम्म कार फेला परेको छैन । कारमा सवार मध्ये एक जना घाइते भएका छन् भने ३ जना बेपत्ता भएको प्रहरीले जनाएको छ ।

चितवन प्रहरीका अनुसार कारमा सवार कास्कीको पोखरा–१७ वस्ने बर्ष ४६ का रुद्रलाल सुवेदी घाइते भएका छन् । उनको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भई रहेको, छ ।

यस्तै कार चालक पोखरा–१७ वस्ने बर्ष ६० का प्रेम बहादुर भुजेल, कारमा सवार सोही स्थानका ५६ वर्षीय लेख बहादुर भुजेल, उनकी श्रीमती वर्ष ३६ की ईश्वरी भुजेल बेपत्ता भएको प्रवक्ता थापाले जानकारी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>