चितवन विशेष

नवलपुरका दुई स्वास्थ्य संस्थालाई लायन्सको सहयोग

Banner

चितवन, असोज ७–

लायन्स क्लब अफ नारायणगढ बालकुमारी र लायन्स क्लब अफ दलदलेको संयुक्त आयोजनामा बिहीबार अक्सिजन कन्सन्ट्रेटर सहयोग गरिएको छ । देवचुली नगरपालिका–१६ रजहरमा रहेको सामुदायिक प्राकृतिक चिकित्सालयमा एक थान अक्सिजन कन्सन्ट्रेटर सहयोग गरिएको हो ।

अक्सिजन कन्सन्ट्रेटर वितरण कार्यक्रममा लायन्स ईन्टरनेसनल डिष्ट्रिक्ट ३२५ बी २ नेपालका डिष्ट्रिक्ट एक्जुकेटिव चिफ दिनानाथ न्यौपाने र सिद्धार्थलाल चुके, डिष्ट्रिक्ट एड्भाइजर कोचिफ राजेन्द्र गौतम, एरिया नम्बर ३ का चिफ एरिया कोअर्डिनेटर बाल गोपाल चुकेलगायतको उपस्थिती रहेको थियो । यस्तै अस्पतालका तर्फबाट संचालक समितीका अध्यक्ष शन्तबहादुर क्षेत्री, वरिष्ठ उपाध्यक्ष प्रेम न्यौपाने, अस्पतालका निर्देशक डा. विनोद पौडेल तथा ब्यबस्थापक हरी सापकोटा रहेका थिए ।

लायन्स क्लब अफ दलदलेका अध्यक्ष जिबलाल पराजुलीको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा लायन्स ईन्टरनेसनल डिष्ट्रिक्ट ३२५ बी २ नेपालका डिष्ट्रिक्ट एक्जुकेटिव चिफ दिनानाथ न्यौपानेले अक्सिजन कन्सन्ट्रेटरको लागि आर्थिक सहयोग गर्ने नेपाली अमेरिकन लायन्स र समन्वय गरेर सामुदायिक प्राकृतिक चिकित्सालयमा वितरण गर्ने लायन्स क्लब अफ नारायणगढ बालकुमारी र लायन्स क्लब अफ दलदलेलाई धन्यवाद दिए । उनले अक्सिजन कन्सन्ट्रेटरको अधिकतम प्रयोग गरेर बिरामीहरुको सेवा दिनेमा आफु विश्वस्त रहेको बताए ।

यस्तै अस्पातलका निर्देशक डा. विनोद पौडेलले अस्पातललाई सम्झिएर अक्सिजन कन्सन्ट्रेटर वितरण गरेकोमा लायन्स ईन्टरनेसनल डिष्ट्रिक्ट ३२५ बी २ नेपाल लगायत सम्पूर्ण सम्बद्ध निकायहरुलाई धन्यवाद दिदै आगामी दिनहरुमा सामाजिक सस्थाहरुबाट पनि यस्तै सहयोग र साथको अपेक्षा रहेको बताए । कार्यक्रम लायन्स क्लब अफ नारायणगढ बालकुमारीका सचिव शेरबहादुर पौडेलले सन्चालन गरेका थिए ।

यस्तै विहीबार नै लायन्स क्लब अफ नारायणगढ बालकुमारी तथा लायन्स क्लब अफ दलदलेको संयुक्त आयोजनामा कावासोती नगरपालिकाको वडा नम्बर १२, पिठौलीमा रहेको पिठौली स्वास्थ्य चौकी (सन्तुदेवी उपचार केन्द्र) समेत एक थान अक्सिजन कन्सन्ट्रेटर सहयोग गरिएको छ । स्वास्थ्य चौकीका जनस्वास्थ्य निरीक्षक ईन्द्र बहादुर महतोलाई सो अक्सिजन कन्सन्ट्रेटर वितरण गरिएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>