खैरहनी
खैरहनी नगरपालिकाको कांग्रेस सभापतिमा खनियाको उम्मेदवारी घोषणा

चितवन,असोज ७-
नेपाली काँग्रेस खैरहनी नगर सभापतिमा शशिकुमार खनियाले उम्मेदवारीको घोषणा गरेका छन् ।
खैरहनीमा एक कार्यक्रमको आयोजना गरी आज खनियाले पार्टीको १४ औं महाधिवेशनमा नगर सभापति पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।
हाल नगर सभापतिमै रहेर काम गरिरहेका खनियाले दोस्रो कार्यकालको लागि उम्मेदवारी घोषणा गर्दै आगामी आम निर्वाचनमा कांग्रेसलाई जिताउनको लागि आफूले उम्मेदवारी दिएको घोषणा गरे । उनले गएको स्थानीय तहको चुनावमा पार्टीले भोगेको हारबाट पाठ सिक्दै आगामी निर्वाचनमा विजय हासिल गर्दै पार्टीको अधुरो रहेको सपना पूरा गर्ने प्रतिबद्धता ब्यक्त गरे ।
खनियाको प्यानलबाट उपसभापतिमा प्रेमप्रसाद रेग्मी र विक्रम पंजियार महतो, सचिवमा अनुप अधिकारी र बुद्धिराज विश्रवाल(शुसिल) , सहसचिवमा राजेन्द्र रिजाल र शम्भुप्रसाद अर्याल र कोषाध्यक्षमा मिरा चौधरीले उम्मेदवारी घोषणा गरेका छन् । नगर अधिवेशनमा वडागत रुपमा निर्वाचित भएर आएका क्षेत्रीय प्रतिनिधि र वडा सभापति गरी २९२ जनाले मतदान गर्ने छन् ।