Breaking News
चितवनमा थप ३२ जनामा कोरोना संक्रमण, मृत्यु शून्य, २९ बिरामी आईसीयू र भेन्टिलेटरमा
०

चितवन, असोज ७-
चितवनमा विगत २४ घण्टामा ३२ जनामा कोरोना संक्रमण देखिएको छ ।
स्वास्थ्य कार्यालय चितवनको अनुसार भरतपुर महानगरपालिकामा २८ जना र रत्ननगरका तीन जनामा संक्रमण देखिएको हो ।
चितवनमा सक्रिय संक्रमितको संख्या ५७८ पुगेको छ जसमध्ये घरमा आइसोलेसनमा ५३३ जना र अस्पतालको आइसोलेसनमा ४५ जना रहेका छन् । चितवनमा अहिलेसम्म कोरोना संक्रमणको कारणले ४१२ जनाले ज्यान गुमाएका छन् ।
त्यसैगरी चितवनमा दैनिक मृत्युदर बुधबार र आज शून्य रहेको छ । तर चितवनका विभिन्न अस्पतालमा कोरोनाका ६७ जना बिरामीले उपचार गराइरहेका छन् । जसमध्ये आईसीयूमा २६ जना, भेन्टिलेटरमा तीन जना र एचडीयूमा २३ जना रहेका छन् । त्यसैगरी सामान्य बेडमा १८ जना बिरामीले उपचार गराइरहेका छन् । विगत २४ घण्टामा चितवनका विभिन्न अस्पतालबाट तीन जना कोरोनाका बिरामी डिस्चार्ज भएका छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>