मनोरञ्जन

गायक प्रमोद खरेलको नयाँ गीत‘ आज मेरो दिल जलेर’ सार्वजनिक

Banner

चितवन, असोज ७

नेपाली आधुनिक गीत संगीतको बजारमा निरन्तर, सदाबहार योगदान दिइरहेका चर्चित गायक प्रमोद खरेलको स्वरमा रहेको गीत ‘आज मेरो दिल जलेर’ सार्वजनिक भएको छ ।

सेन्टिमेन्टल जनरामा बनेको यस गीतमा म भन्दानी धेरै माया गर्ने मान्छे, दिलको बदलालगायत धेरै गीतमा संगीत भर्दै आधुनिक गीत संगीतको यात्रामा निरन्तर लागिपरेका राज कुमारको संगीत रहेको छ भने गीतकार रवि प्याकुरेल ‘अन्जान’को शब्द रहेको छ ।

यसअघि पनि थुप्रै गीत लेखिसकेका रबि प्याकुरेलका शब्दहरुमा मेलिना राई लगायत थुप्रै चल्तीका गायक गायिकाहरुले स्वर दिइसकेका छन् । नेपाली लगायत अंग्रेजी गीतहरु पनि लेख्न सफल रवि प्याकुरेल ‘अन्जान’ आँफैमा एउटा राम्रो गायक पनि हुन् । २०० बढी गीत लेखिसकेका अनि कतिपय गीतमा संगीत पनि भरेका रविका आगामी दिनमा पनि थुप्रै गीतहरु बजारमा आउने तयारीमा छन् ।

एभरेष्ट राजको निर्देशन रहेको यस भिडियोमा विक्रम बुढाथोकी, चाँदनी सिल्या, प्रिन्सको अभिनय रहेको छ । सुरज लामाको छायांकन तथा राज कुमारको सम्पादन रहेको भिडियोलाई एक्का कम्पनीले निर्माण गरेको हो । यो दुनियाँनै माया प्रेममा अडिएको छ जहाँ कहिले मिलन त कहिले बिछोड भइरहेको हुन्छ । यही यथार्थवादी कुराको भावलाई गीतमा समावेश गरिएको छ । गीतको भिडियो एक्का कम्पनी युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>