मनोरञ्जन
क्रिकेटर विनोद भण्डारी र सञ्चारकर्मी सोनीकाबीच इनगेजमेन्ट दशैंमा बिहे
०

काठमाडौँ, असोज ७-
नेपाली राष्ट्रिय क्रिकेट टिमका विकेटकिपर ब्याट्सम्यान विनोद भण्डारी र सञ्चारकर्मी सोनीका अर्याल विवाह बन्धनमा बाँधिने भएका छन् ।
हिजो काठमाडौंमा सानो समारोहबीच उनीहरुले औंठी साटेका हुन् । कार्यक्रममा दुवैतर्फका परिवारका सदस्यहरु मात्रै सहभागी थिए । उनीहरुको बिवाह दशैंको टिकाको दिन गर्ने तय भएको छ ।
हिमालय टेलिभिजनमा पाँच वर्षअघि ‘क्रिकेट एण्ड मोर’ कार्यक्रम चलाउँदादेखि नै दुई जनाबीचको प्रेम सम्बन्ध सुरु भएको थियो ।
सञ्चारकर्मी अर्याल भने हाल ग्यालेक्सी फोर के टेलिभिजनमा काम गर्छिन् । उनले यसअघि हिमालय टेलिभिजन र एपीवान टेलिभिजनमा काम गरेकी थिइन् ।
विनोद हिजो मात्रै नेपालको ओमान टुर सकेर फर्केका थिए । ब्याट्सम्यान र विकेटकिपरको भूमिकामा रहेका उनी नेपालका अनुभवी क्रिकेटमा पर्छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>