Breaking News

चितवनमा कोरोना संक्रमणमा उतारचढाब, आज ३५ संक्रमित थपिए, मृत्यु शून्य

Banner

चितवन, असोज ६-

चितवनमा कोरोना संक्रमणमा निरन्तर उतारचढाब आइरहेको छ ।

स्वास्थ्य कार्यालय चितवनले हरेक दिन उपलब्ध गराएको तथ्यांक अनुसार शेयर बजार जस्तै कोरोना संक्रमणमा पनि घटबढ भइरहेको हो । असोज २ गते शून्यमा झरेको चितवनको दैनिक कोरोना संक्रमण असोज ४ गते ३४ जनामा देखियो भने असोज ५ गते मंगलबार ५३ जनामा र आज बुधबार फेरि ३५ जनामा देखिएको छ ।
कोरोनाको दोस्रो लहर सुरु भएसँगै चितवनमा कोरोना संक्रमणको तथ्यांक हेर्दा हरेक दिन घट्ने र बढ्ने क्रम चलिरहेको छ । तथ्यांकमा स्थिरता आउन सकेको देखिँदैन । विगत २४ घण्टामा चितवनमा ३५ कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य कार्यालय चितवनले उपलब्ध गराएको तथ्यांक अनुसार भरतपुर महानगरपालिकामा २६ जना, खैरहनी नगरपालिकामा दुई जना, रत्ननगरमा सात जना थपिएका हुन् । योसँगै चितवनमा सक्रिय संक्रमितको संख्या ५७९ जना पुगेको छ । जसमध्ये घरमा आइसोलेसनमा ५३८ जना र अस्पतालको आइसोलेसनमा ४१ जना रहेका छन् ।

त्यसैगरी चितवनमा विगत २४ घण्टामा कोरोना संक्रमणको कारणले कसैको पनि मृत्यु भएको छैन । चितवनमा कोरोनाको कारणले हुने दैनिक मृत्युदरमा पनि उतारचढाब देखिएको छ । आजसम्म चितवनमा कोरोना संक्रमणको कारणले ४१२ जनाले ज्यान गुमाएका छन् ।

चितवनका विभिन्न अस्पतालमा ५५ जना कोरोनाका बिरामीले उपचार गराइरहेका छन् । जसमध्ये आईसीयूमा २३ जना, भेन्टिलेटरमा ५ जना, एचडीयूमा १९ जना र सामान्य बेडमा १३ जना रहेका छन् । विगत २४ घण्टामा चितवनका विभिन्न अस्पतालबाट ६ जना कोरोनाका बिरामी डिस्चार्ज भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>