Breaking News

एमाले जस्तो पार्टीबाट मुक्त भएर नयाँ पार्टीको बैठकमा आउँदा खुसी लागेको छ : माधव नेपाल

Banner

काठमाडौं, असोज ५ – 

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले एमालेबाट मुक्त भएर नयाँ पार्टीको बैठकमा आउन पाउँदा खुसी लागेको बताएका छन् ।

पार्टीको केन्द्रीय कमिटी बैठमा सहभागी हुनुअघि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

उनले एमालेबाट विद्रोह गरेर नयाँ पार्टीको केन्द्रीय कमिटी बैठमा सहभागी हुन पाउँदा खुसी लागेको बताए । पार्टी खुलेपछि पहिलो पटक केन्द्रीय कमिटीको बैठक बसेको हो ।

दुई दिनसम्म चल्ने बैठकले संगठनात्मक कार्यविभाजन सम्बन्धमा महत्वूर्ण निर्णय लिने बताइएको छ ।

नेपालले भने, ‘विद्रोह गरेर एउटा दक्षिणपन्थी भासमा भासिएको, कम्युनिष्ट, क्रान्तिकारी चरित्र गुमाएको, जबजको मान्यतालाई कुठराघात गरेको ठाउँबाट मुक्त भएर क्रान्तिकारी धार बोकेको नयाँ पार्टीको केन्द्रीय कमिटीमा उपस्थित हुन पाउँदा खुसी लागेको छ ।’

उनले देशभरी नयाँ पार्टीको पक्षमा तरंग पैदा गरेको र युवाहरू आकर्षित भएको बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>