Breaking News

सशस्त्र प्रहरीमाथि आक्रमण गर्ने एक भारतीय पक्राउ

Banner

धनगढी, असोज ५ –

सशस्त्र प्रहरीमाथि आक्रमण गर्ने एक भारतीय पक्राउ परेका छन् ।

नेपाल–भारत सीमास्थित कञ्चनपुरको दोधाराचाँदनी नगरपालिका–८ को कञ्जभोजमा सोमबार साँझ सशस्त्र प्रहरीमाथि तस्कर समुहबाट आक्रमण भएको थियो ।

त्यही समुह मध्येका एक जना अर्जुन कुमारलाई भारतीय प्रहरीले पक्राउ गरेको स्थानीय प्रशासनले जनाएको छ ।

गस्तीमा खटिएका बेला भारतीय तस्करको समूहले ढुङ्गामुढा गर्दा बीओपी दोधाराचाँदनीमा कार्यरत सशस्त्र प्रहरीका तीन जवान घाइते भएका थिए ।

उनीहरूको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको कञ्चनपुर प्रशासनले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>