Breaking News
जनताले हामीलाई माओवादी होइन खाओवादी भन्छन्ः प्रचण्ड
१

काठमाडौं,असोज ४-
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले आफूहरूलाई जनताले माओवादी होइन खाओवादी भन्न थालेको बताएका छन्। कोटेश्वरस्थित माओवादी केन्द्रीय कार्यालयमा सूर्यनाथ रान यादवको स्मृति दिवसमा सोमबार आयोजित कार्यक्रममा बोल्दै दाहालले भने, “हामीलाई माओवादी होइन कोही–कोहीले खाओवादी भन्छन्।”
पूर्व प्रधानमन्त्री समेत रहेका दाहालले ‘जनयुद्ध’ र क्रान्तिकारी भन्ने कुरा लोगोमा सीमित भएको उल्लेख गरे। न्यायका लागि लड्ने योद्धा भनेर चिनिनुपर्नेमा माओवादी भन्ने नाम विज्ञापन जस्तो मात्रै भएको उनको भनाइ छ।
दाहालले अहिलेकै जस्तो माओवादी मुलुकलाई आवश्यक नभएको बताए। “मैले भन्ने गरेको छु, यही स्थिति रह्यो भने त यो पार्टी नभए पनि के भयो र?” उनले भने, “जनतालाई जालझेल, ठगठाग गरेर पार्टी बनाउनु भन्दा त त्यस्तो पार्टी नहुनु बरु राम्रो हो।”
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>