अर्थ
सेयर बजारमा आज एकैदिन ११४ अंकको पहिरो
०

काठमाडौँ, असोज ४-
नेपाली सेयर बजारमा आज एकैदिन ११४ अंकले गिरावट आएको छ । गिरावटसँगै २६९८ अंकमा आएर थामिएपछि सेयर बजार २६ सय अंकतर्फ लागेको छ ।
यसक्रममा आज १ करोड ७३ लाख कित्ता सेयर किनबेच भई ८ अर्ब ४९ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । यस्तै, आज कारोबार भएका सबै १३ वटै समूहमा उच्च अंकको गिरावट आएको छ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा जीवन बीमा समूहमा सबैभन्दा बढी ८०० अंकको गिरावट आएको छ । यसपछि, निर्जीवन बीमा समूहमा ६१४ अंक र विकास बैंक समूहमा ३३२ अंकको गिरावट आएको छ । यस्तै, जलविद्युतमा २२०, होटल एण्ड टुरिजममा १५८ अंक र वित्त समूहमा २२९ अंकको गिरावट आएको छ ।
सेयर बजार परिसूचक २६ सय अंकको बिन्दुतर्फ ओरालो लागेको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>