Breaking News
भरतपुर अस्पतालमा कोरोनाले एक जनाको मृत्यु, थप संक्रमित शून्य, ५१ कोरोनाका बिरामी अस्पतालमा
०

चितवन, असोज ३-
भरतपुर अस्पतालमा एक जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।
स्वास्थ्य कार्यालय चितवनका अनुसार चितवनका एक बिरामीको अस्पतालमा मृत्यु भएको हो ।
भरतपुर अस्पतालमा ३५ जनासहित चितवनका सबै अस्पतालमा अहिले कोरोनाका ५१ जना बिरामी उपचाररत रहेका छन् । जसमध्ये आईसीयूमा भरतपुर अस्पतालमा ११ जना र चितवन मेडिकल कलेजमा आठ जना गरेर १९ जना रहेका छन् । चितवनमा भेन्टिलेटरमा एक जना, एचडीयूमा १६ जना र सामान्य बेडमा १६ जना रहेका छन् । त्यसैगरी विगत २४ घण्टामा चितवनका विभिन्न अस्पतालबाट चार जना कोरोनाका बिरामी डिस्चार्ज भएका छन् भने चितवनको कुनै पनि स्थानीय तहमा कोरोना संक्रमितको संख्या थपिएको छैन ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>