मनोरञ्जन

हाँस्य ब्यङ्ग्य कलाकार केसीको निधन , पशुपति आर्यघाटमा अन्त्येष्टी

Banner

काठमाडौं, असोज ३-
हाँस्य ब्यङ्ग्य कलाकार रमेश केसीको ६९ बर्षको उमेरमा निधन भएको छ । हृदयाघातको कारण उनको आज बिहान ९ बजे गीत छायांकनकै सेटमा निधन भएको कलाकार उत्तम केसीले जानकारी दिए ।

कलाकार केसीको पशुपति आर्यघाटमा अन्त्येष्टी गरिएको छ । अन्त्येष्टि अगाडि उनको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि आर्यघाट क्षेत्रमा करिब १ घण्टा राखिएको थियो ।
श्रद्धाञ्जली दिन चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाल, कलाकार संघका अध्यक्ष रवीन्द्र खड्का, कलाकार उत्तम केसी, वीरेन्द्र हमाल, प्रभाकर शर्मा, रामशरण कोइराला, राजेश महर्जन, मुकुन्द मैनाली, सिरियल हर्के हवल्दार युनिट, निर्देशक कलाकार जीवन थापा, पनाह अधिकारी लगायत पुगेका थिए । कलाकारहरुले चलचित्र संघको झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली गरेका थियो ।

वि.सं २००९ सालमा जन्मिएका रमेशको २ छोरा, ३ छोरी र श्रीमती छन् । केसीले नाटक ‘अन्जान’बाट आफ्नो अभिनय यात्रा सुरु गरेका थिए । यसपछि उनले, ‘के सक्कली के नक्कली , यमपुरीमा जिउँदो मान्छे, क्रसमा टाँगिएको जिन्दगी, मुनामदन, पृथ्वीनारायण, मोदीआइन, एकेएन लगायतका नाटकमा अभिनय गरेका थिए ।

यस्तै, उनले ‘जे भो राम्रै भो, रहर, लोभी पापी, चङ्गा’ लगायतका चलचित्रमा अभिनय गरेका थिए । कलाकार केसीले ‘ हर्के हवल्दार, तितो सत्य, अब अती भो, च्वास्स चुस्स, आफ्नै कथा, एकादेशको चुरीफुरी, लक्ष्मी र आम्मै’ लगायतका सिरियलमा समेत काम गरेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>