मनोरञ्जन

लोक शैलीको गीत ‘देउन माया सुन्तला’ सार्वजनिक

Banner

चितवन, असोज ३-

लोक शैलीको ’देउन माया सुन्तला’ सार्वजनिक भएको छ ।

गीतमा चेत बहादुर बुढाथोकीको शब्द, संगीत र सुनिता बुढा क्षेत्री र चेत बहादुरको स्वर सुन्न सकिन्छ ।

यस्तै दिनेश राज बाहले एरेन्ज गरेको गीतलाई एचबीएन किस्मतले फाइनल गरेका हुन् । चेतबहादुर बुढाथोकीकै निर्देशन रहेको गीतको म्युजिक भिडियोमा सारिका केसी, विजय पुन, बिना विश्वकर्मा र चेत बहादुरको अभिनय देख्न सकिन्छ ।

माधब श्रेष्ठको कोरियोग्राफी रहेको भिडियोमा अजय रेग्मीको छायांकन, पदम सुवेदीको सम्पादन मिलन विश्वकर्माको कलर र सरोज बुढाथोकीको मेकप समाबेश रहेको छ । गायक बुढाथोकीले यसअघि ‘एक मनले मन पराउने’, ‘डाँडै कटी जाउला’ , ‘छोडी जानु रहर होइन’ लगायतका गीतहरु बजारमा ल्याइसकेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>