देश/प्रदेश
२६ हजार नगदसहित मकवानपुरबाट ७ जुवाडे पक्राउ
०

मकवानपुर, असोज ३-
मकवानपुरबाट नगद १५०० भारतीय र २६ हजार ९८५ नेपाली रुपैयाँ सहित ७ जना जुवाडे पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा हेटौडा उपमहानगरपालिका-१ का ३७ वर्षीय राकेश के.सी (घर धनि), सोही उपमहानगरपालिका – १० बस्ने ४२ वर्षीय श्रेष्ठ, ३८ वर्षीय प्रदीप जंग पण्डित, ४० वर्षीय पदम बहादुर भण्डारी, धुनिवेशि नगरपालिका- ९ घर भइ हाल हेटौडा उपमहानगरपालिका- १ बस्ने ३६ वर्षीय बाबु कृष्ण उप्रेति , ५५ वर्षीय एकबहादुर थापा र ३१ वर्षीय दिपेन्द्र कुमार मिश्र रहेका छन् ।
उनीहरुलाई विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कायालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले हेटौंडा उपमहानगरपालिका-१ चाईना क्वाटर बस्ने ३७ वर्षीय राकेश के.सीको घरबाट शनिबार दिउँसो ४:३० नियन्त्रणमा लिएको हो ।
पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भइरहेको मकवानपुर प्रहरीले जनाएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>