राजनीति

देउवा नेतृत्वको सरकार अलोकतान्त्रिकः शेखर कोइराला

Banner

विराटनगर,असोज २-

नेपाली कांग्रेसका नेता शेखर कोइराले सभापति शेरबहादुर देउवाले सरकार चलाउन नसेकेको आरोप लगाएका छन् । गृह जिल्ला मोरङ पुगेका कोइरालाले सञ्चारकर्मीसँग कुरा गर्दै सरकार अलोकतान्त्रिक भएको बताएका हुन् । उनले संसद् छलेर दल विभाजन सम्बन्धी अध्यादेश ल्याएर सरकारले गलत गरेको आरोप लगाए । ६४ दिनसम्म सरकार विस्तार गर्न नसक्नुले समेत सरकार अलोकतान्त्रिक बाटोमा गएको पुष्टि गर्ने उनको भनाई छ ।

नेतृत्व परिवर्तनपछि मात्रै कांग्रेसले गति लिन सक्ने उनको भनाई छ । फरक प्रसंगमा बोल्दै उनले देउवाले डडेलधुरामा पुलिस लगाएर वडा अधिवेशन गर्नु दुखद भएको बताए । उनले कांग्रेसको ५७ वर्षको इतिहासमा पुलिस प्रयोग गरेर कहिले र कहीँ वडाधिवेशन नगरिएको बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>