देश/प्रदेश

बझाङमा सुनको लागि आफ्नै हजुरआमाको हत्या गर्ने नाति पक्राउ

Banner

बझाङ, असोज २-

बझाङमा सुन लुटन आफ्नै हजुरआमाको हत्या गर्ने नाति पक्राउ परेका छन्।

बझाङको दुर्गाथली गाउँपालिका–५ वस्ने ८५ वर्षीया रिखीदेवी जप्रेलको हत्या गरेको आरोपमा उनकै नाति २३ वर्षीय सुवास जप्रेल पक्राउ परेका हुन् ।

गत भदौ २७ गते बिहान ९ बजे हँसिया प्रहार गरी उनको हत्या भएको थियो । प्रहरीका अनुसार शव फेला परेको घर नजिकै रहेको शौचालयमा पुरुषले लगाउने कपडा रगतले लतपतिएको अवस्थामा भेटिएको थियो ।

त्यसबारे सोधपुछ गर्दा सो कपडा मृतककै नाति सुवासको भन्ने खुलेको थियो । उनलाई दुर्गाथली गा।पा। वडा नं। ७ अन्तर्गत पर्ने लौवादेव डाँडामा भाग्दै गरेको अवस्थामा पक्राउ गरेको प्रहरीले बतायो।

हत्यारा सुवासले प्रहरीसमक्ष हजुरआमाको हत्या गरेको स्वीकार गरेको छ । त्यस्तै कानमा रहेको सुनको २ वटा मुन्द्रा र नाकमा रहेको सुनकै फुली लुटेर सोही दिन बिक्री गरेको पनि उनले स्वीकार गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी रूपक खड्काले बताए । उक्त दिन साँझ ७ बजेको पुनः घटनास्थलमा गई लासलाई घरभित्रबाट ल्याएर खाडलमा पुरेको जप्रेल बयानमा भनेका छन् ।

सुवासविरुद्ध कर्तव्य ज्यान शीर्षकमा मुद्दा दर्ता गरी भदौ ३१ गतेबाट लागु हुने गरी अदालतबाट दिन सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>