Breaking News

चितवनमा ३७ कोरोना संक्रमित थपिए, एकको मृत्यु, २० संक्रमित आईसीयूमा

Banner

चितवन, असोज २-

चितवनमा विगत २४ घण्टामा ३७ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य कार्यालय चितवनको अनुसार भरतपुर महानगरपालिकामा २५ जना, खैरहनीमा एक जना, माडीमा एक जना, रत्ननगर नगरपालिकामा दुई जना र राप्ती नगरपालिकामा एक जना थपिएका हुन् ।

योसँगै चितवनमा संक्रिय संक्रमितको संख्या ६५२ जना रहेका छन् । जसमध्ये घरमा आइसोलेसनमा ६१९ जना र अस्पतालमा ३३ जना रहेका छन् ।

चितवनमा कोरोना संक्रमणबाट विगत २४ घण्टामा एक जनाको मृत्यु भएको छ ।

स्वास्थ्य कार्यालय चितवनको अनुसार चितवनको एक जनाको मृत्यु भएको हो । चितवनमा विभिन्न अस्पतालमा आईसीयूमा २० जना, एचडीयूमा १७ जना, जेनरल बेडमा १६ जना गरी अस्पतालमा जम्मा ५३ जना रहेका छन् । विगत २४ घण्टामा चार जना कोरोरोनाका बिरामी डिस्चार्ज भएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>