Breaking News

एकीकृत समाजवादी पार्टी कार्यालयको मासिक भाडा तीन लाख,पाँच वर्ष सम्झौता

Banner

काठमाडौं,असोज १-

नेकपा (एकीकृत समाजवादी) को नयाँ पार्टी कार्यालय उद्‍घाटन गरिएको छ। अध्यक्ष माधवकुमार नेपाल शुक्रबार बिहान नयाँ बानेश्वरस्थित आलोकनगरमा उनले पार्टीको कार्यालयको उद्‌घाटन गरेका हुन्।

एकीकृत समाजवादीको पार्टी कार्यालय रहेको घर तीन तले छ। अर्को निर्माणाधीन घर पनि भाडामा लिएइएको छ। एकीकृत समाजवादीका नेता बेदुराम भुसालले पार्टी कार्यालयको मासिक भाडा तीन लाख रुपैयाँ रहेको जानकारी दिए।

पार्टी कार्यालय रहेको घर पूजा थापा बस्नेतको नाममा छ। नेता भुषालले घरबेटी आफ्नो पार्टीनिकट नरहेको बताए। चार तले घरमा १२ वटा कोठा छन् भने अर्को घरको पहिलो तलामा तीन कोठा बनिसकेका छन्। माथिल्लो तलामा हल बनाउने काम भइरहेको छ।

एकीकृत समाजवादीका अर्का नेता राजेन्द्र पाण्डेले पाँच वर्षका घर भाडामा लगिएको जानकारी दिए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>