Breaking News

नेपालमा थप १५५८ जनामा संक्रमण, १० जनाको मृत्यु, १३५१ जना निको

Banner

काठमाडौं, असोज १ –
नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ५५८ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरमा ८ जार ६ हजार ६५४ नमुनाको पीसीआर टेष्ट गर्दा १ हजार ८६ र ३ हजार ७२० जनाको एन्टीजिन टेष्ट गर्दा ४७२ जनामा संक्रमण देखिएको हो ।

यससँगै नेपालमा सक्रिय संक्रमितको संख्या २५ हजार ४९७ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा नेपालमा १ हजार ३५१ जना संक्रमित निको भएका छन् भने १० जनाको मृत्यु भएको छ ।

सक्रिय संक्रमितमध्ये ११७ जनाको भेन्टिलेटरमा, ३८६ जना आईसीयूमा, १५४७ जना संस्थागत आइसोलेनमा र २३ हजार ९५० जना होम आइसोलेसनमा रहेका मन्त्रालयले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>