Breaking News
भोलि कमेडी च्याम्पियनको ग्रयाण्ड फिनाले, को बन्लान् विजेता ?

काठमाडौं, असोज १-
नेपालको लोकप्रिय रियालिटी सो कमेडी च्याम्पियनु दोस्रो सिजनको सबभन्दा महत्वपूर्ण क्षण नजिकै आइपुगेको छ।
डिजिटल अडिसन र पछि फिजिकल अडिसन गर्दै २४ जना सहभागी छनौट भएका थिए । त्यस्तै प्रतिस्पर्धी भरतमणि पौडेल, विक्की अग्रवाल र सन्तोष थापा टप ३ मा परेका छन् ।
उनीहरु तिन मध्य को बन्लान् त दोस्रो कमेडी च्याम्पियन विजेता ? यो प्रश्नले कलाकारसँगै उनीहरूका आफन्तजन र शुभेच्छुकको मनमा को बन्ला विजेता भनेर खुल्दुली जगाएको छ।
कमेडी च्याम्पिनयको टप-३ मध्ये भरतमणि सबैभन्दा बलिया दाबेदार मानिन्छन्। आफ्नो भोगाइ मिसाएर समय सान्दर्भिक सामाजिक तथा राजनीतिक व्यंग्य गर्ने भएकाले दर्शकले उनलाई अत्यधिक रूचाएका छन्। प्रशंसकदेखि कमेडी च्याम्पियनका निर्णायकहरूले उनलाई भनिसके, कमेडी च्याम्पियन सिजन-२ जिते पनि नजिते पनि भरतमणिले बाजी मारी सके।
प्रहरी बन्न हिँडेका गोरखाका सन्तोषले पनि दमदार प्रस्तुतिका दिदै र अरूलाई अचम्मित पार्दै टप ३ मा परेका छन् ।
त्यस्तै भारत सिक्किम निवासी विक्की अग्रवालको चर्चा पनि कम छैन । उनी पनि अनुभवी कलाकार र सिक्किमका स्टेजहरूमा यसअघि नै उनी लोकप्रिय छन्।
विजेता को होला भन्ने अनुमान र सम्भावनाका कुरा सकिएर नतिजा सार्वजनिक हुन अब केही घन्टा मात्र बाँकी छ। भोलि, असोज २ गते (शनिबार) कान्तिपुर टेलिभिजनले लाइभ प्रसारण गर्दै विजेता घोषण गर्ने छ । त्यस्तै पहिलो विजेताले २५ लाख रूपैयाँ र कार पाउने छन् भने दोस्रोले मोटरसाइकल र तेस्रोले स्कुटर पाउने छन्।