Breaking News
जनतालाई दमन गरेर शान्तिपूर्ण आन्दोलन नजिस्काउन ओलीको आग्रह
०

काठमाडौं, भदौ ३१ – शान्तिपूर्ण आन्दोलनमा जनतालाई दमन गरेर नजिस्काउन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारलाई चेतावनी दिएका छन् ।
काठमाडौं जिल्लास्तरीय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले आफू सरकारमा बस्दा शान्तिपूर्ण जुलुसमा लाठी समेत नहानेको बताएका छन् । तर नयाँ सरकार बन्नासाथ शान्तिपूर्ण प्रदर्शनमा सरकारले दमन गरेको ओलीको आरोप छ ।
प्रमुख विपक्षी नेता ओलीले भने, ‘म सरकारलाई चेतावनी दिन चाहन्छु, जनतालाई उत्तेजित नबनाऊ किनभने शान्तिपूर्ण आन्दोलनको सीमाभित्र रहन चाहन्छन् जनता।’
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>