मनोरञ्जन

युवा गायक न्यौपाने र सार्थकको ‘कस्तो मन रैछ’ गीत सार्वजनिक

Banner

काठमाडौं, भदौ ३१ –

नव गायका बिज्ञान न्यौपाने र रमेश सार्थकको आवाजमा रहेको ‘कस्तो मन रैछ’ सार्वजनिक भएको छ ।

तीज सकिए लगत्तै ‘कस्तो मन रैछ’ बोलको लोक गीत सार्वजनिक गरिएको हो । कृष्ण बस्यालको लय तथा संगीत रहेको उक्त गीतमा चितवन खैरानी निवासी विज्ञान न्यौपाने र बागलुङ निवासी रमेश सार्थकले आवाज भरेका छन् ।

सार्थक लोक दोहोरी क्षेत्रमा राम्रो संभावना बोकेका कलाकार हुन् भने न्यौपानेको यो पहिलो गीत हो ।

गायक न्यौपानेका अनुसार उक्त गीतमार्फत संगीतकार बस्यालले प्रेम वियोगलाई उतारेका छन् । केटाकेटी बीचको मन मुटाव रहेको उक्त भिडियोलाई रमेश विक रसाइलीले खिचेको हुन् भने सम्पादन पनि उनी आफैले गरेका छन्।

न्यौपाने र सार्थकको सामान्य अभिनय रहेको उक्त गीतको भिडियो कृष्ण बस्यालको अफिसियल युट्युब च्यानलबाट रिलिज गरिएको हो । त्यस्तै उनको बनकी चरी, सिमलैमा मैना जस्ता अरु चर्चित गीत पनि सार्वजनिक भएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>