Breaking News
दशैंको तयारीः हवाई टिकट बुकिङ, असोज पहिलो सातादेखि खुला गर्ने तयारी
०

काठमाडौं, भदौ ३१-
वायुसेवा सञ्चालक सङ्घले असोजको पहिलो सातादेखि अग्रिम टिकट बुकिङ खुला गर्ने तयारी गरेको छ । यसको लागि शुक्रबार बैठक बस्न लागेको सङ्घका प्रवक्ता योगराज कँडेलले जानकारी दिनुभयो ।
दशैं, तिहार तथा छठ पर्वका लागि उपत्यका छाड्ने यात्रुका लागि हवाइ सेवातर्फको अग्रिम टिकट बुकिङ असोज पहिलो सातादेखि खुला गर्ने तयारी भएको प्रवक्ता कँडेलले बताउनुभयो । ‘वर्षातका कारण स्थलमार्ग (सार्वजनिक यातायात) तर्फ ठाउँ–ठाउँमा सडक अवरोध हुँदा त्यसको प्रत्यक्ष चाप हवाई सेवामा पर्छ,’ प्रवक्ता कँडेलले भन्नुभयो,‘त्यसैले यसबारे विस्तृत निर्णय शुक्रबारको बैठकले गर्नेछ । बैठकमा जहाज थप्नु पर्ने, बुकिङ कहिलेदेखि खुला गर्ने भन्ने विषयमा निर्णय हुन्छ ।’
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>