Breaking News

दिलीपनाथ बने चितवन टाइगर्सको उपकप्तान

Banner

काठमाडौँ, भदौ ३०–

चितवन टाइगर्सले बाँया हाते व्याट्सम्यान एवंम विकेटकिपर दिलीप नाथलाई उकप्तान घोषणा गरेको छ ।

बुधबार एक विज्ञप्ती जारी गर्दै चितवनले उपकप्तानको रुपमा दिलीपनाथलाई घोषणा गरेको हो । टोलीको कप्तानी भने युवा तिव्र गतिका बलर सोमपाल कामीले गर्नेछन् ।

दिलीपनाथ नेपालले सन् २०१८ मा ऐतिहासिक एकदिवसीय मान्यता पाउँदाको राष्ट्रिय टोलीका सदस्य थिए । २२ वर्षीय युवा दिलीपनाथले सन् २०१५–१७ को आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तरगत डिसेम्बर ६, २०१७ मा संयुक्त अरब इमिरेट्स (युएई)बिरुद्ध नेपालको लिस्ट ‘ए’ मा डेब्यू गरेका थिए ।

सन् २०१८ मा आइसीसी विश्व क्रिकेट लिग डिभिजन टु प्रतियोगितामा पनि दिलीपनाथ नेपाली टोलीका सदस्य थिए । जिम्बाबेमा आयोजित सोही प्रतियोगिताबाट नै नेपालले एकदिवसीय मान्यता पाउन सफल भएको थियो ।

सुदूरपश्चिम प्रदेशको डडेलधुराका दिलीपनाथ नेपाली क्रिकेटका एक दुर्लभ प्रतिभा हुन् । नेपालमा बाँया हाते व्याट्सम्यानको प्रदर्शन फरक र महत्वपूर्ण रहेको छ । दिलीपनाथ बाँया हाते व्याट्सम्यान भएकाले पनि उनले उत्कृष्ट किपिङसंगै व्याटिङ प्रदर्शन गर्न सक्छन् । दिलीपनाथ नेपालका फ्रेन्चाई लिगहरुमा नियमित रुपमा प्रदर्शन गरिरहेका छन् ।

यस्तै उनी नेपाल पुलिस क्लवबाट समेत राष्ट्रिय प्रतियोगिताहरु खेल्दै आइरहेका छन् । उनी पछिल्ला दुई संस्करणमा चितवन टाइगर्सबाट एभरेष्ट प्रिमियर लिगमा ७ खेल खेलेका छन् । तेस्रो संस्करणमा दिलीपनाथले उत्कृष्ट प्रदर्शन गर्दै नेपाली क्रिकेटमा राम्रो प्रभाव छाड्नमा दृढ छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>