Breaking News

माधव नेपालमाथि केपी ओलीले लगाए गम्भिर आरोप

Banner

बुटवल भदौ ३०–

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नै पार्टीबाट फुटेर गएको नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपालमाथि गम्भिर आरोप लगाएका छन् ।

नेकपा एमाले रुपन्देहीले आज (बुधबार) बुटवलमा आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले गम्भिर आरोप लगाउँदै माधव नेपाललाई अपराधीको संज्ञा दिए । माधव नेपाल जनविरोधी अपराधी भएको ओलीको आरोप छ ।

‘माधव नेपाललाई कामरेड भन्न मिल्दैन, उनले पार्टीलाई ध्वस्त पार्ने काम गरे,’ ओलीले भने, ‘साथीहरु भन्नुहुन्छ, माधव नेपाल कामरेड । उनी कामरेड होइन, उनी एमाले विरोधी, जनविरोधी अपराधी हुन् ।’

अध्यक्ष ओलीले माधव नेपाल सधैं पार्टी नेतृत्वको सरकारको विरोध गरेर आफ्नै सरकार ढाल्ने पात्र भएको आरोप लगाए ।

यस्तै अध्यक्ष ओलीले वर्तमान सरकारलाई बुख्याँचासँग तुलना समेत गरेका छन् । नेयो सरकारले बुख्याँचा जत्तिको पनि काम गर्न नसकेको टिप्पणी गरे ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>