Breaking News

विश्वकप लिग २ः नेपाल १९६ रनमै अलआउट

Banner

काठमाडौँ भदौ २९–

आइसिसी विश्वकप लिग–२ अन्तर्गत दोस्रो सिरिजमा ओमानसामु नेपालले १९७ रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ ।

अल अमिरत क्रिकेट रंगशालामा टस जितेर पहिले व्याटिङ गरेको नेपाल १९६ रनमै अलआउट भएपछि घरेलु टोली ओमानले मध्यम लक्ष्य पाएको हो । नेपालका लागि ओपनर आशिफ शेखले सर्वाधिक ९० रन बनाए । ११२ बल खेलेका आशिफले ७ चौका र एक छक्का प्रहार गरे । यस्तै कप्तान ज्ञानेन्द्र मल्ल र करन केसीले समान २१/२१ रन, रोहित पौडेलले २०, सन्दीप लामिछानेले १६ रन बनाए ।

हिजो अमेरिकाविरुद्ध ८४ रन बनाएका ओपनर कुशल भुर्तेल आज शून्यमै आउट भए । यस्तै सोमपाल कामी ७, विनोद भण्डारी ६, कुशल मल्लले ४, विक्रम शोब र सुशन भारीले समान २/२ रन मात्रै बनाउन सके ।

ओमानका लागि बिलाल खानले ४, नेस्टर धम्बाले २, मोहम्मद नादिम र जिसन माक्सुदले समान एक/एक विकेट लिए ।

लिग–२ मा नेपालले घरेलु मैदान काठमाडौँमा ओमानसँग दुई खेल खेलिसकेको छ। तर दुवै खेलमा नेपाल पराजित भएको थियो । सन् २०२० को फेब्रुअरीमा नेपालमा भएको सिरिजमा ओमानले नेपाललाई ८ विकेट र १८ रनले पराजित गरेको थियो।

विश्वकप लिग–२ मा नेपाल रहेको समूहमा पपुवा न्यूगिनी, ओमान, अमेरिका, स्कटल्याण्ड, नामिबिया र युनाइटेड अरब इमिरेटस् (युएई) रहेका छन् । नेपाल समूहको अङ्क तालिकाको छैटौँ स्थानमा छ ।

यस्तै ओमान १० खेलमध्ये आठमा जित र दुईमा हार व्यहोर्दै १६ अङ्कसहित शीर्षस्थानमा छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>