Breaking News
विप्लवको चेतावनीः कुनै हालतमा एमसीसी पास हुन दिन्नौं
०

काठमाडौं,भदौं २८-
नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) नेपालको सार्वभौमिकताको विरोधमा रहेको बताउनुभयो । सोमबार खुल्लामञ्चमा आयोजित विरोधसभाको सम्बोधन गर्दै उहाँले नेपालको स्वाधीनता विरोधी रहेको भन्दै कुनै पनि हालतमा पास गर्न नदिने बताउनुभएको हो ।
विप्लवले पार्टी प्रतिबन्धमा रहेका बेला नै यो सम्झौता अध्ययन गरेको उल्लेख गर्दै उहाँले लागू हुन नदिने बताउनुभयो । उहाँले भन्नुभयो, ‘अमेरिकाले जुन देशबाट आफ्नो राष्ट्रिय सुरक्षामा चुनौती हुन्छ, त्यहीँ एमसीसी लागू गर्ने गरेको छ ।’
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>