मनोरञ्जन
चितवनमा ख्याति कमाएकी अस्मिता दोहोरी च्याम्पियनको टप ४ नजिक

चितवन, भदौ २७–
चितवन कर्मथलो भएर सांगीतिक क्षेत्रमा जम्दै गरेकी गायिका अस्मिता डल्लाकोटी दोहोरी च्याम्पियनको टप ४ नजिक पुगेकी छन् ।
गायिका डल्लाकोटी र जीवन सिग्देलको जोडी अहिले टप ८ बाट टप ४ नजिक पुगेको हो । यी दुईका जोडीलाई टप ४ मा देख्नका लागि दर्शकहरुले अत्यधिक भोट गर्नुपर्ने हुन्छ । गायिका डल्लाकोटीले आफ्नो समूहलाई टप ४ मा पुर्याउन दर्शकहरुसंग भोट अपिल गरेकी छन् ।
यो जोडीलाई जिताउनको लागि आफ्नो मोबाइलको म्यासेज बक्समा गयर DC07 टाइप गरेर 33001 मा म्यासेज पठाउनु पर्ने हुन्छ। त्यस्तै नेपाल टेलिभिजनको एप डाउन्लोड गरेर त्यसबाट पनि भोट गर्न सकिने छ ।
धादिङ घर भएकी गायिका डल्लाकोटीको शिक्षा र कर्मथलो चितवन नै हो । धादिङमा एसएलसी उर्तीण गरेपछि थप अध्ययनका लागि उनी चितवन आएर चितवन माविमा अध्ययन गरेकी हुन् । यस्तै उनी डाँफो दोहोरी साँझमा समेत काम गरेकी थिइन् ।