Breaking News

चितवनको पोलिटेक्निक कलेजले अनलाइन कक्षाको चर्को शुल्क असुल्यो,विद्यार्थी आन्दोलित,तोडफोड र आगजनी

Banner

चितवन,भदौं २८-

चितवनको भरतपुरमा रहेको नेपाल पोलिटेक्निक कलेजले कोरोना महामारिको समयको पनि चर्को शुल्क असुलेको छ । अनलाइन कक्षाको नाममा कलेजले चर्को शुल्क असुलेपछि विद्यार्थीहरु आन्दोलित भएका छन । उनिहरुले आज (आइतबार) कलेज परिसर भित्र टायर बालेर प्रदर्शन गर्नुका साथै नाराबाजी गरेका छन । विद्यार्थीले चर्को शुल्क फिर्ता गर, शैक्षिक माफिया मुर्दाबाद लगायतका नारा लगाएका थिए ।

विद्यार्थीहरुले कलेज प्रशासनमा तालाबन्दी समेत गरिदिएका छन । कलेजले अनलाइन कक्षाको नाममा भौतिक उपस्थितिमा पढाइ हुँदा लिइने शुल्क असुलेको विद्यार्थीको आरोप छ । कलेजका एक विद्यार्थीले भने,‘कलेजको विभिन्न सेमेष्टरको अनलाइन पढाइ भएको थियो । कलेजले निःशुल्क जुम प्रयोग गरेर विद्यार्थीलाई ४० मिनेट मात्रै पढायो । त्यसमा पनि शिक्षक १० मिनेट अघि आउने र १० मिनेट छिटो जाने गथ्र्ये । अनलाइनको नाममा ठगी भयो । राम्रो संग पढाई भएन ।

कोरोनाको अवधिमा ल्याब र फिल्डको काम पनि नभएको विद्यार्थीले वताएका छन । तर कलेजले सबै शुल्क असुलेको छ । कलेजले १० प्रतिशत शुल्क मिनाहा गर्ने भनेपनि कार्यान्वयन नभएको विद्यार्थीको आरोप छ । विद्यार्थीले टिउसन शुल्क र अन्य शुल्क भन्दै ६०÷४० मा विभाजन गरेर टिउसन शुल्कको मात्र १० प्रतिशत छुट दिएको गुनासो गरेका छन । ‘पाँचौ सेमेष्टरमा १ लाख शुल्क बुझाउँदा ६ हजार मात्र छुट भयो, एक विद्यार्थीले भने’,हामीलाई अनलाइन पढाएको नामा लाखौ रुपैंया असुल्न पाइदैंन ।’ विद्यार्थीले कोरोनाको अवधिभरको २० प्रतिशतसम्म छुट दिनुपर्ने माग गरेका छन ।

‘गतबर्ष पनि आन्दोलन गरेपछि छुट दिने भनेको थियो । कलेजले केही विद्यार्थीलाई प्रभावित ग¥यो । तर छुट दिएन’,विद्यार्थीले भने । पोलिटेक्निक कलेजले प्राविधिक शिक्षाका नाममा लुट मच्चाएको विद्यार्थीको आरोप छ । कलेजले एजि अध्ययनरत प्रति विद्यार्थीबाट १० देखि ११ लाख र भेटेरिनरी अध्ययनरत विद्यार्थीबाट १४ देखि १५ लाख रुपैंया लिने गर्छ ।

कलेजका प्रशासनिक अधिकृत शिव सुवेदीले कलेजमा अराजक समूहले तोडफोड र आगजनी गरेको बताए । ‘कोभिडको समयको छुट दिन प¥यो भन्ने विद्यार्थीबाट आवाज आएको थियो । उनले भने’,विद्यार्थीको माग सम्बोधनका लागि शुक्रबार बोर्ड बैठक बसेर टिउसन शुल्कमा १० प्रतिशत छुट दिने निर्णय गरेका थियौं । विद्यार्थीलाई मान्य भएन, गेट बन्द गराए, तोडफोड गरे ।’

उनले चितवन प्रशासनले कलेज संचालनका लागि अनुमती नदिदैं विद्यार्थीलाई बोलाएर प्रयोगात्मक कक्षा संचालन गरेको दाबी गरे । तर चितवन प्रशानले असोज १ गतेदेखि मात्र शैक्षिकसंस्था भौतिक उपस्थितिमा संचालन गर्न निर्देशन दिएको छ । त्यसअघि कुनैपनि शैक्षिकसंस्था भौतिक उपस्थितिमा खोल्न पाइने निर्णय भएको थिएन । सुवेदीले प्रशासनले १५ जना भेला हुन पाउने निर्णय गरेदेखिनै प्रयोगात्मक कक्षाहरु संचालन गरेको जिकिर गरे । उनले अनलाईन कक्षा ५० मिनेट लिने गरेको र विद्यार्थी आफै लापरवाही गरेर सहभागी नहुने गरेको बताए । उनले अन्य शैक्षिक संस्थाहरुले पनि कोभिडको समयको शुल्क असुलेकाले आफुहरुले पनि त्यही गरेको नारायणी अनलाइनलाई वताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>