Breaking News

कोरोनाको लक्ष्यण सँग मिल्दो जुल्दो मौसमी फ्लु, कसरी गर्ने उपचार ?

Banner

काठमाडौँ, भदौ २६-

कोरोनाको लक्षणसँग मिल्दोजुल्दो स्वास्थ्य समस्याले धेरैलाई सताउन थालेको छ ।

प्रा.डा. प्रताप नारायण प्रसादका अनुसार स्वास्थ्य परीक्षण गर्दा कोरोना संक्रमण नदेखिए पनि रुघा, खोकी, ज्वरो, शरीरको दुखाइ जस्ता लक्षण देखिएका छन् ।

खोकी, रुघा र ज्वरोको कोरोनापछि मात्र नभएर पहिले पनि भइरहने मौसमी समस्या हो । अहिले कोरोना महामारीका कारण धेरैमा भाइरल ज्वरो पनि कोरोना हो कि भन्ने भय बढेको हुन सक्छ । तर आफैँमा यो पहिलेदेखि नै भोगिँदै आएको स्वास्थ्य समस्या हो । यो मौसम परिवर्तनको समयमा धेरैजसो दोहोरिरहने समस्या हो ।

सिजनल फ्लु र कोरोना पत्ता लगाउने कसरी :

केही दिनअघि एक जना बिरामी एकैपटक १०३ डिग्रीको ज्वरो आयो भनेर उपचार गराउन आउनु भयो । कोरोना परीक्षण पनि गर्नुभएछ । त्यसमा नेगेटिभ देखिएपछि आउनुभएको रहेछ । तर उहाँहरुलाई कोरोनाभन्दा भाइरल ज्वरो आएको थियो ।

क्लिनिकल्ली परीक्षण गरिरहनेहरुले कोरोना र सिजनल फ्लु सहजै चिन्न सक्छन् । यसको लागि ज्वरोको प्रकृति र खोकीको अवस्था हेरेर थाहा पाउन सकिन्छ । जस्तो ज्वरो एक्कासी बढेर गएको छ भने त्यस्तो अवस्थामा हामी यो सिजनल फ्लु हो भनेर चिन्न सकिन्छ । किनकि कोरोनामा यसरी एकै दिनमा एक्कासी १०३ डिग्रीसम्म ज्वरो आउने हुँदैन । त्यस्तै, खोकीको आधारमा भन्दा बिहान बढी खोकी लाग्ने र अरु समयमा सामान्यतया खोकी लाग्ने गरेको छ भने यो पनि सिजनल फ्लुको समस्या हो भन्ने बुझ्दा हुन्छ । कोरोना भएका मान्छेलाई जुनसुकै समयमा पनि समान किसिमको खोकी लाग्ने गर्छ ।

अर्को लक्षण भनेको नाकबाट पानी बगिरहेको छ कि छैन भन्ने हो । जस्तो नाकबाट धेरै पानी बगेको छ भने त्यो सिजनल फ्लु हो भन्ने बुझ्दा हुन्छ । नाकसँगै आँखाबाट पनि धेरै आँसु बग्ने गर्छ । यी लक्षणको आधारमा कोरोना हो कि साधारण खालको रुघाखोकी के हो ; पत्ता लगाउन सकिन्छ ।

लामो समयसम्म किन लागिरहन्छ खोकी :

कोरोनाकालभन्दा अघिसम्म प्रदूषण अत्यधिक थियो । त्यसैले फोक्सोमा कुनै एलर्जी वा कफ छ भने खोकी लाग्छ ।

खोकी पनि फोक्सोमा इन्फेक्सन भएर सुरु भएको छ भने तत्कालै औषधि खाइहाल्नु पर्छ । सामान्यतया सुरु भएको एक साता र बढीमा ९ दिनसम्म खोकी लाग्न सक्छ । तर त्योभन्दा धेरै समय खोकी लाग्यो भने चिकित्सककोमा उपचारको लागि जानुपर्छ ।

सिजनल फ्लुमा औषधि खाइहाल्नुपर्छ :

सिजनल फ्लुको बिरामी हो भने औषधि खाइहाल्नु पर्दैन । सामान्यतया ३ दिनसम्म त अफ्टेरो भयो भने सिटामल खाएर बस्दा हुन्छ । यदि ३ दिनसम्म पनि समस्या कम भएन भने रगत परीक्षण गर्ने वा चिकित्सकलाई देखाएर औषधि खानुपर्छ ।

मौसमी रुघा र ज्वरोको घरेलु उपचार विधि के हो :

घरेलु उपचार विधि सबैभन्दा सजिलो विधि तातो पानीको बाफ लिने । यस बाहेक नुन पानीले कुला गर्ने, अदुवालाई पोलेर त्यसको रस चुस्ने, पोलेको अदुवालाई मनतातो पानीमा राखेर त्यसमा दुई थोपा मह र कागती मिसाएर दिनमा ३/ ४ पटक खाने ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>