Breaking News
काँग्रेस सभापतिको उम्मेदवारबाट ब्याक हुन्नँः महामन्त्री कोइराला
०

चितवन,भदौं २६-
नेपाली कांग्रेसका महामन्त्री डा.शशांक कोइरालाले पार्टीको आगामी महाधिवेशनमा आफूले सभापतिको उम्मेदवारी दिएरै छाड्ने बताएका छन् । भरतपुर विमानस्थलमा संचारकर्मीसंग कुरा गर्दै उनले भने, ‘म व्याक हुन्नँ, सभापतिको उम्मेदवार हुँ ।’
उनले क्रियाशील सदस्यता वितरण विवादका कारण महाधिवेशन केही समय पर धकेलिनसक्ने पनि बताए । ‘२२ जिल्लामा विवाद छ, विवाद मिलाउन समय लागे महाधिवेशन केही पर धकेलिन सक्छ’ उनले भने ।
उनले अहिले प्रमुख प्रतिपक्षी एमालेले गरेको विरोध तथा अवरोधको तरिका ठीक नभएको बताए । कांग्रेस र नेकपा एसले मन्त्री सिफारिस गर्न नसकेकाले मन्त्रिमण्डल विस्तारमा ढिलाई भएको उनको भनाइ छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>