Breaking News

पिएनजीविरुद्ध नेपाल १५१ रनले विजयी, सन्दीपले लिए करियरकै उत्कृष्ट ६ विकेट

Banner

काठमाडौँ, भदौ २५–

पपुवा न्यू गिनी (पिएनजी)विरुद्धको दोस्रो ओडीई खेलमा नेपाल १५१ रनले विजयी भएको छ । स्टार बलर सन्दीप लामिछानेले करियरकै उत्कृष्ट बलिङ गर्ने क्रममा ६ विकेट लिएपछि पिएनजी फराकिलो अन्तरले पराजित भएको हो । २३४ रनको लक्ष्य पछ्याएको पिएनजी सन्दीपको घातक बलिङसामु टिक्न नसकेपछि ८२ रनमै अलआउट भयो ।

सन्दीपले ५.१ ओभरमा मात्र ११ रन खर्चिएर ६ विकेट लिए । सन्दीपले ओडीआईमा लिएको यो नै सबैभन्दा धेरै विकेट हो । यस भन्दा पहिले सन्दीपले अमेरिकाविरुद्धको एकदिवसीय खेलमा ५ विकेट लिएका थिए । सन्दीपले चार्लेस अमिनिको विकेट लिदै खेलमा विकेटको सुरुवात गरेका थिए । सन्दीपले पिएनजीको चौथो, पाँचौं, छैटौ, सातौं, आठौं विकेट लगातार लिएका थिए । नवौं विकेट सुसन भारीले लिए भने अन्तिम विकेट पनि सन्दीपको नाममा रह्यो ।

यस्तै सोमपाल कामीले ४ ओभरमा २१ रन खर्चिदै १ विकेट, विक्रम शोबले ४ ओभरमा १३ रन खर्चिदै एक विकेट र सुसन भारीले २ ओभरमा ८ रन खर्चिदै एक विकेट लिए । करन केसीले ४ ओभरमा २६ रन खर्चिए । उनले विकेट लिन सकेनन् ।

पीएनजीका लागि ओपनर टोनी उराहले सर्वाधिक १९ रन बनाए । उनी सन्दीप लामिछनेको बलमा रन लिने क्रममा रोहित पौडेलबाट रनआउट हुन पुगेका थिए । यस्तै चार्लेस अमिनिले १६ र नोरमान भनौंले १२ र सेसे बाउले ११ रन बनाए ।

यसअघि टस जितेर पहिले व्याटिङ गरेको नेपालले ४९.३ ओभरमा अलआउट हुँदै २३३ रन बनाएको थियो । नेपालका लागि रोहित पौडेलले ८६, कप्तान ज्ञानेन्द्र मल्लले ४५ र करन केसीले २६ बलमा ४२ रनको योगदान दिए । ९ रनको अवस्था २ विकेट गुमाई सकेको नेपालको पारी कप्तान ज्ञानेन्द्र मल्ल र रोहित पौडेलले उकासेका थिए । यी दुईले ८९ रनको साझेदारी गरे । यस्तै करन केसीले आक्रामक पारी खेल्दै मात्र २६ बलमा ४ छक्का र २ चौकाको मद्धतमा ४२ रन बनाए ।

यसअघि पहिलो एकदिवसीयमा नेपालले पिएनजीलाई २ विकेटको झिनो अन्तरले हराएको थियो । नेपालले पिएनजीविरुद्धको २ खेलको ऋंखला २–० ले जितेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>