Breaking News
बैठक र भ्रमण भत्ताको बजेट कटौती गरेर कोरोना खोपलाई ५ अर्ब
०

काठमाडौं, भदौ २५-
सरकारले बैठक तथा भ्रमण भत्ता र तालिमका लागि छुट्याएको बजेट कटौती गरेको छ ।
कटौती गरेर बचत भएको ५ अर्ब रुपैयाँ कोरोना खोपका लागि छुट्याइएको अर्थमन्त्री जनार्दन शर्माले जानकारी दिए ।
उनले भनेका छन्, ‘चालु खर्चतर्फ बैठक भत्ता, इन्धन, कर्मचारी तालिम, सिप विकास तथा जनचेतना तालिम, अनुगमन मुल्यांकन भ्रमण खर्च, विविध कार्यक्रम शीर्षकमा न्यूनमत १० प्रतिशत बजेट कटौती गरेको छु । यसरी खर्च कटौती गर्दा तत्काल बचत हुन आउने देखिएको ५ अर्ब कोभिड खोपका लागि उपयोग गर्ने प्रवन्ध मिलाएको छु ।’
प्रमुख विपक्षी नेकपा एमालेका सांसदहरुको नाराबाजीका बीच बजेट अध्यादेशको प्रतिस्थापन विधेयक संसदमा पेश गर्दै अर्थमन्त्री जनादर्न शर्मा प्रभाकरले यस्तो घोषणा गरेका हुन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>